सिद्धबाबामा पहिरो जाँदा बुटवल-तानसेन सडक अवरुद्ध

बुटवल । बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्र नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।आइतबार बिहान सवा ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै पहिरो खसेको हो ।अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ । लगातार परेको बर्षका कारण डोजर आइसकेपनि पहिरो हटाउने काम भै नसकेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोम बहादुर सारु बताउनुभयो ।
अहिले पहिरो गएको स्थानमा दोभान प्रहरी चौकी पाल्पाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरी समेत खटिएको छ ।

सिद्धबाबा क्षेत्रमा वर्षाको समयमा जहिले पनि पहिरो खस्ने गर्छ । सिद्धार्थ राजमार्गको सबैभन्दा असुरक्षित क्षेत्र रहेको यस स्थानमा वर्षेनी सडक माथिबाट खसेको पहिरोमा पुरिएर कैयौंको ज्यान गैसकेको छ । यस क्षेत्रमा हिउँदमा समेत ढुंगा झर्ने गर्छ ।

सरकारले सिद्धबाबा क्षेत्रको पहिरोलाई हटाउन वैकल्पिक मार्गको रुपमा सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८को बजेटमा सुरुङ निर्माणका लागि बजेट छुट्याइएको छ ।

 
 
  
 

You may also like