मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन

बुटवल । विष्णु घिमिरे मानव अधिकार निगरानी समूह शुद्धोधन गाउंपालिकाले गाउंपालिका भित्र रहेका क्वारेन्टाइनको अवलोकन गरेको छ । गाउंपालिकामा क्रियाशील निगरानी समूह, गाउंपालिका प्रवतmा र इन्सेक सहजकर्ताहरुको उपस्थीतिमा अवलोनक गरिएको हो । विदेशबाट र छिमेकी मुलुक भारतबाट आएका ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । योज्ञदय थारु बहुमुखी क्याम्पसमा ४० जना, गौलोली माध्यामिक विद्यालयमा ६ जना , भग्लापुर माध्यामिक विद्यालयमा १० जना, सिसै माध्यानमिक विद्यालयमा १० जना, वनगाइ माध्यामिक विद्यालयमा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । करेन्टटाइममा रहेका व्यक्तिका लागि खाना बस्नको व्याबस्थापन भएता पनि उनीहरुले लगाउने माक्स सेनेटाइजर व्याबस्था नभएको गुनासो गरेको छन् । शुद्वोधन गाउंपालिका प्रवतmा राजेन्द्र कडेलले गाउंपालिकामा क्वारेन्टाइनमा बस्नेहरुहरुको संख्या दैनिक रुपमा बढ्दै गएकाले खाना बस्नको लागि उचित व्यवस्था गपिरएको बताउनु भयो । क्वारेन्टाइनमा रहेकाको लागि माक्स र सेनिटाइजरको पनि व्यावस्था गरिने गाउंपालिकाका प्रवक्ता कडेलले प्रतिवद्वता जनाउनु भयो । मानव अधिकार निगरानी समूहको अगुवाईमा शुद्वोधन गाउंपालिकामा स्थापना गरिएका क्वारेन्टाइनहरुको अवलोकन गरिएको हो । गाउंपालिकाका प्रवक्ता राजेन्द्र कडेल, इन्सेक सहजकर्ता विष्णु घिमिरे, मानवअकिार निगरानी …

 
 
  
 

You may also like