गण्डकी प्रदेशमा विहानै थपिए १६ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वारेन्टिनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् ।

यस्तै म्याग्दीको मंगला गाउँपालिकाका १९ बर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

 
 
  
 

You may also like