आज मात्रै १५६ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुग्यो

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वातै बढ्न थालेको छ । नेपालमा आज (बिहीबार) मध्यान्हसम्ममा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार (आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जानकारी दिएको हो । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

आज भेटिएका संक्रमित नेपालमा अहिलेसम्मकै बढी हुन् । बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो । नेपालमा १८७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन् । हालसम्म पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

 
 
  
 

You may also like