लायन्स क्लब अफ बुटवल मेट्रोसिटीद्वारा राहत वितरण

बुटवल।लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले बुटवल उपमहानगरपालिका वडा नं 11 मजुवा सिरान गाउँमा भाडामा बस्ने 36 घरपरिवारलाई प्रतिपरिवार 20 केजीको दरले राहत वितरण गरेको छ। राहात वितरण कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं 11 का वडा सदस्य नकुल शाही ठकुरीको प्रमुख अतिथि तथा क्लबका अध्यक्ष लायन बिदुर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। सो कार्यक्रमको संयोजन लायन सन्तोष थापाले गर्नुभएको थियो भने संस्थापक अध्यक्ष लायन बिनोद सुबेदीले मन्तव्य राख्दै सामाजिक दुरी कायम राख्दै मानवीय सेवामा जुट्न अपिल गर्नुभएको थियो। लायन आषिस लम्सालले संचालन गरेको उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका सदस्यहरुबाट सहयोग संकलन गरि रु 65 हजार बराबरको राहत सामग्री उपलव्ध गराईएको क्लबका कोषाध्यक्ष बिकास भन्डारीले जानकारी गराउनुभयो।

 
 
  
 

You may also like