हरि पाठक
गुल्मी।मुसिकोट नगरपालिका गुल्मीले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र नगरबासिको उद्दार गर्न थालेको छ । नगरपालिकाले बिभिन्न निकाय संग समन्वय र परामर्श गरी भारतमा अलपत्र ९ वडाकै मुसिकोटबासिको नेपाल-भारत सिमा नाकाबाट उद्ववार गर्न थालेको हो ।
मुसिकोट नगरपालिका भित्ररबाट रोजगारी तथा बिभिन्न शिलशिलकाका लागि भारत गएका र कोभिड-१९ को महामारीका कारण आफ्नो रोजगार बन्द हुँदा घर फर्कने नागरिकको नाकामा लर्को लागरहेको छ,मुसिकोटमा समस्यामा परेका गुनासो सयौँको संख्यामा सामाजिक सञ्जालमा देख्न सकिन्छ कतिपय मुसिकोटबासीहरू नेपाल भारत सिमा क्षेत्रमा अलपत्र रहेका छन कतिपय सिमामा आउनेक्रम जारी छ भने धेरैको सिमा क्षेत्रबाट नेपालभित्रनेको संख्यामा लर्को लाग्न थालेको छ ।
शुक्रबार मात्रै मुसिकोटमा ३० जनाभन्दा बढी ब्यक्तिहरूको नगरपालिकाले उद्वार गरेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो।उहाकाअनुसार उनिहरुलाई नाकाबाट निरन्तर सुरक्षितरूपमा उद्दार गरेर ल्याउने र नगरपालिका भित्रका ९ वटा वडाकै सामुदायिक बिद्यालय तथा विभिन्न ठाउँहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । ती अलपत्र नागरिकलाई सवारी साधनको ब्ययबस्था गरिदिएको छ भने न्युनतम लाग्ने भाडा स्वयं ब्यक्तिले नै दिनुपर्ने छ। ब्यबस्थापन भने नगरपालिकाले गर्ने नगरप्रमुख सापकोटाले बताउनुभयो।उद्वार गरिएका ब्यक्तिहरूको कोरोना परिक्षण, खानबस्ने ब्यबस्था नगरपालिकाले गर्ने बताईएको छ।
नगरपालिकाले सबै ९ वटै वडामा क्वारेन्टाइन निर्माण लगायत आबश्यक ब्यवस्थापनमा वडावडामा गठन गरिएका बिपद ब्यबस्थापन समिति,प्रहरी प्रशासन स्वास्थ्यकर्मी,शिक्षक,क्लव,आमासमूह,स्वयंसेवीका लगायत जुटिरहेको वडापालिकाले आवश्यक तयारी पुरा गरेर यो महामारीबाट सतर्कता अपनाउदै यो संकटलाई परास्त गर्नमा खटिरहेको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
प्रमुख सापकोटाले लुकीछिपी कोहि वडाभित्र बिना जानकारी प्रवेशमा पुर्णरूपमा रोक लगाईएको र कोरोना महामारीको उच्च जोखिम बढेको भन्दै पूर्व जानकारी बिना कुनै छिमेकी पालिका,जिल्लाहरू र भारत लगायत तेस्रो मुलुकबाट प्रवेश गरेमा संक्रमण रोग एेन बमोजिम कार्वाही गरिने बताउनुभयो उहाले नगरपालिका भित्र वा बाहिरी क्षेत्रबाट वा अन्य क्षेत्रमा आवतजावत गर्नु परेमा,कुनै समस्या भएमा बिपद ब्यबस्थापन समित वा वडा तथा नगरपालिकामा जानकारी गराउन र अनाबश्यक कामा हिनडुल नगर्न भन्दै बन्दाबन्दीको पुर्णरूपमा पालना गर्न नगरबासीमा आग्रह समेत गर्नुभयो ।
भारतमा अलपत्र मुसिकोट बासीलाई नेपालमा आउदा न्युनतम १० देखि २५/३० जनाको समूह वा टोली बनाएर वडा तथा नगरपालिकामा पूर्व जानकारीसहित सुनौली नाकामा आउनको लागि आग्रह गरिएको छ अन्यत्र सिमा,नाका हुँदै आएमा उद्वारमा समस्या हुने र नगरपालिकाले गर्न नसक्ने बताईएको छ।
यसरी आएपछि मापदण्डअनुसार नगरपालिकाले बनाएका क्वारेनटाइनमा अनिबार्य बस्नुपर्नेछ।भारतमा कतिपयको छिटपुट रूपमा काम चलेपनि तलब नपाएको र कतिपयले एक छाक खान खान मात्र पाएको,कतिपयको काम नै बन्द भएर रोजगार गुमेपछि अहिले खानेबस्नेसहित कोठाभाडा पनि तिर्न नसकेर समस्यामा परेको गुनासाहरू बढ्न थालेका छन्।