हात्तीकाेट सामुदायिक बन उपभोक्ता समुहबाट राहत वितरण

पाल्पा । पाल्पा ३ तिनाउ ले विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाईरसले गर्दा नेपाल विगत लामाे समयदेखि लकडाउन भइरहेकाे अवस्थामा दैनिकि ज्याला,न्यून अाय भएका वर्गहरुमा जीवन गुजारा गर्नेहरुमा जीवन संकट परेकाे भन्दै ६४ घरपरिवार मा राहत कार्यक्रम अगाडि बढाएकाे अध्यक्ष टिकाराम मगरले जानकारि दिए ।

देशकाे सम्पुर्ण अार्थिक गतिविधि ठप्प भएपछि ग्रामीण भेगका दैनिकी मजदुरी गर्नेहरुकाे राेजिराेटिमा समस्या पर्ने भएकाले यस हात्तिकाेट सामुदायिक वन उपभोक्ता समुहद्दारा दाल , चामल , नुन र तेल जस्ता अत्यावश्यक खाध्य हरु वितरण गरेकाे उपभोक्ता समुहका सुर्य केसी ले जानकारि दिए ।

लकडाउन कहिले खुल्ने भन्ने बारे कुनै चिन्तन गर्न नसकिएकाले लामाे समय अार्थिक गतिविधि ठप्प भएकाले पुन काेहि भाेकाेपेट भाैतारिन नपराेस भनेर थप राहत पनि केही दिन पछि वितरण गरिने समुहका पुर्वअध्यक्ष तथा विशेष सल्लाहकार विक्रम रानाले बताए ।

 
 
  
 

You may also like