दाङका एक पुरूषमा कोरोना संक्रमण पुष्टि , कोरोना संक्रमितको संख्या ४ सय ५४ पुग्यो

दाङ । दाङका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको प्रतिष्ठानका कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले विज्ञप्तिकमार्फत जानकारी दिए ।

यसअघि गढवा गाउँपालिकाका दुई जना र काठमाडौंमा रहेका दाङका दुई जनामा पनि कोरोना पुष्टि भइसकेको छ। यससंगै अब दाङमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

प्रतिष्ठानमा बिहीबार कुल ६९ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

 
 
  
 

You may also like