थप २५ जनामा कोरोना संक्रमण , कोरोना संक्रमित संख्या ४२७

काठमाडौं । आज विभिन्न जिल्लामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । विभिन्न ठाउँका ल्याबमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज थपिएका संक्रमितसहित देशभर ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

 
 
  
 

You may also like