बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालले आफ्नोमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ ।रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको र अहिले आईसीयू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार चलिरहेको जानकारी गराएका छन् ।
अध्यक्ष पोण्डेले भने, ‘बिरामीको मृत्यु भएको भन्ने हल्ला मात्रै हो । उहाँको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ ।बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल व्यवस्थापनले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लैजान समेत सुझाएको तर सरकारी निकायबाटै यहीं उपचार गर्ने भनेपछि आफूहरुले उपचार गरिरहेको उनको स्पष्ट पारेका छन् ।
गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालले निको पार्न सबै प्रयास जारी राखेको र गलत सूचनालाई प्रयोग नगर्न समेत आग्रह गरेका छन् । यसैगरी प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पनि बिरामी जीवितै रहेको र उपचार चलिरहेको पुष्टि गरेका छन् ।
तर बिरामीको अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको स्पष्ट पार्दै उनले आफूलाई उदृत गर्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको समाचारप्रति आपत्ति जनाए ।
उनले भने, ‘बिरामी जिवित, अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको छ । अनावश्यक हल्ला फैलिएपछि मैले अस्पताललाई विज्ञप्ति निकालेर स्पष्ट पार्न निर्देशन दिइसकेको छु ।
विज्ञप्ति: