खुल्न थाले देशभरका उद्योग

काठमाडौं। बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चा पदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।

विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो ।

करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रिया समेत बढाउने योजना अनुरूप उद्योग सञ्चालनमा आएका हुन् ।

खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए । सरकारले तीन दिन अगाडिको मन्त्रिपरिषद् बैठकबाट औद्योगिक (मदिराबाहेक) क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि बाँकी उद्योग क्रमशः सञ्चालनमा आएका हुन् । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like