चिनको कान्सु प्रान्तले प्रदेश ५ सरकारलाई राहत हस्तान्तरण

बुटवल । चिनिया सरकार अन्तर्गत कान्सु प्रान्त सरकारले कोभिड १९ का बिरुद्ध संघर्ष गरिरहेको नेपाल सरकार अन्तर्गत प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको छ । कान्सु प्रान्तले पठाएको स्वास्थ्य समाग्री बोकेर कान्तु प्रान्त सरकारका प्रतिनिधि तथा चिनिया उपल्लो सदनका पुर्व सदस्य होङ हङ बुटवल पुग्नु भएको छ । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयमा आज एक सक्षिप्त कार्यक्रका बिच चिनिया प्रतिनिधि हाङले २० हजार थान सर्जिकल माक्स र १ हजार थान पि पि ई प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बरालले चीनकै भुमिलाई उदगम स्थल बनाएर कोरानो भाइरस फैलिएपनि आफु पिडामा रहेको अवस्थामा समेत चीन सरकारले बिश्व समुदायमा देखाएको उदारता र सहयोग उच्च मुल्यांकन गर्ने खालको भएको बताउनु भयो । चीन सरकारले भाइरस नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै मन्त्री बरालले चिनिया सहयोग सधैं कायम रहने बिश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै कान्सु प्रान्तका प्रतिनिधि होङ हङले आफ्नै देशबाट कोभिड १९ को सूरुवात भएपनि चीन सरकार छिमेकी राष्ट्रहरुसंग सधैं संबेदशशिल रहेको बताउनु भयो । उहांले प्रदेशलाई आव्श्यक सामाग्रीको लिष्ट बनाएर पठाउन आग्रह गर्दै कान्सु प्रान्त प्रदेश नम्बर ५ संग सांस्कृतिक, आर्थिक तथा कृषिमा सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो ।
राहतको संयोज गरेको नेकपा निकट नेपाल राष्ट्रिय चिकित्सक संघक महासचिव डाक्टर सागर न्यौपानेले कान्सु प्रान्त प्रदेश नम्बर ५ संग भागिनी सम्बन्ध राख्न चाहेको बताउंदै त्यहि अनुरुप प्रान्तबाट सहयोग आएको स्पष्ट पार्नुभयो ।
राहतका अन्य सामाग्रीहरु भन्सार छुटाउने प्रक्रियामा रहेकाले पछि हस्तान्तरण गरिने संघका केन्द्रिय सदस्य डाक्टर सम्राट पराजुलीले जानकारी दिनुभएको थियो । कार्यक्रममा चिकित्सक संघले फन्टलाईनमा बसेर सेवगर्ने स्वास्थ्य कर्मचारीहरुको यथासिघ्र स्वास्थ्य परिक्षणको माग गर्दै समाजिक बिकास मन्त्री बराललाई ज्ञापन पत्र समेत बुझाएको थियो ।हङ सहितको ५ जनाको प्रतिनिधि सोमबार बुटवल पुगेको थियो ।

 
 
  
 

You may also like