लुम्बिनी प्रदेशसभामा आज बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

by समतल अनलाइन
49Shares

दाङ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन् । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका जिज्ञासा तथा प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी, बैठकमा मन्त्री कार्कीले आर्थिक वर्ष २०८३/०८४ को सेवा तथा कार्य सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च तथा विनियोजन गर्ने व्यवस्था सम्बन्धी विधेयक पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमाथिको छलफललाई प्रदेशको विकास र आर्थिक प्राथमिकतासँग जोडेर हेरिएको छ ।

You may also like