गुल्मिको मुसिकोटमा चट्याङ पर्दा २ जना सामान्य घाइते,घरमा जडित बिद्युतीय सामाग्रीमा क्षति

by समतल अनलाइन
Shares

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नं.१ मा चट्याङ पर्दा २ जना घाईते भएका छन् । बिहिवार साझ बर्षासहित चट्याङ पर्दा मुसिकोट नगरपालिका वडा नं १ मैदानका हेम बहादुर बलामी बेहोस र ईन्द्र बहादुर परियार सामान्य घाईते हुनुभएको अम्मर माबि नेटाका शिक्षक शिखरमल्ल परियारले जानकारी दिनुभएको छ ।

घरबाहिर निस्किएको समयमा एक्कासी चट्याङको तरङ्ग(झड्का)ले घाइते दुवै जना मध्ये हेम बहादुर बलामी बेहोस हुनु भएको र उहाँको अहिले भर्खर मात्र होस खुलेको शिक्षक शिखरले बताउनुभयो । त्यस्तै परियारलाई एक्कासी हुत्तिएर भाग्दा नाकमा चोट लागेको थियो भने अवस्था सामान्य रहेको छ ।घाइते परियारलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा कार्यरत डा.कासिराम विकले घरमै पुगेर उपचार गर्नु भएको थियो । अहिले दुवै जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । चट्याङ्ले वडा नं १ मैदानमा रहेका धेरैजसो घरमा रहेका विद्युतीय सामाग्री मिटर बक्समा क्षति पुर्‍याएको अम्मर माबि नेटाका शिक्षक तथा स्थानीय शिखरमल्ल परियारले बताउनुभयो । गत बर्ष पनि बारीबर्षासँगै चट्याङ पर्दा मुसिकोट १, चैनडाँडामा २ भैंसी,बाख्रा मरेका थिए भने २०७१ मा एक जना घाईते हुनुभएको थियो त्यस्तै २०७२ साल बैशाख २७ मा एक जनाको ज्यान गएको थियो भने कुखुरा बाख्रा समेत मर्नुका साथै घरमा जडित बिद्युतिय सामाग्रीहरूमा ठूलै क्षति पुर्‍याएको थियो।यो समय गर्मीयामको महिना भए पनि केही दिन देखि यता देशभर नै अत्याधिक असिना सहितको बर्षा र चट्याङ परिरहेको छ।

You may also like