कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा मंगलवार देखी राहत वितरण सुरु

  • पहिलो दिन २ सय ७७ जना मजुदर विपन्न घरपरिवार लाभान्वित

  • बुधबार १,३ र ९ नं. लगाएतका वडामा राहत वितरण गरिने

कपिलवस्तु। कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा मंगलबार देखी राहत वितरण सुरु भएको छ । वडा कार्यालयले लिएकोअतिविपन्न , दैनिक ज्यालादारी मजदुर कामदारको रेकर्ड अनुसार राहत वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार वडा नंं २ का २ सय ७७ जना मजदुर, विपन्न परिवारलाई रातह वितरण गरिएको हो भने बुधबार १, ३ र ९ नं. लगाएतका वडामा वितरण गरिने छ । नगरपालिकाले राहत वितरणका लागी सर्वपक्षिय समिती समेत गठन गरीएको छ । जस्का कारण विवाद हुने संभावना कम रहेको छ । मापदण्ड वनाई राहत वितरण गरिएकााले पारदर्शिता भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो ।

यता नगरपालिकाको राहत कोषमा सहयोगी दाताको सहयोग आउन सूरु भएको वताईएको छ । किडार्क नेपाल संस्थाले २ लाख ४१ हजार र बुद्धभुमी नगरपालिका १ का विशाल पोख्रेलले १ लाख रकम हस्तान्तरण गरेको वताईएको छ ।

 
 
  
 

You may also like