वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लकडाउनको समय वैशाख १५ गतेसम्मको लागि लम्ब्याउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

कोरोना भाइरस संक्रमितको संख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिएको हो । साथै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । त्यस पछि फेरि संक्रमितको संख्या बढेपछि सरकारले चैत २५ गते सम्म थपेको थिए । त्यस्तै सरकारले चैत २४ गते संक्रमितको संख्यालाइ मध्यनजर गर्दै लकडाउनको अवधी वैशाख ३ सम्म पु-याएको थियो ।

यो समाचार तयार पार्दासम्म हालसम्म विश्वमा कोरोनाका कारण १ लाख २० हजार ७४ जनाको मृत्यु भएको छ भने १९ लाख ३० हजार ९ सय ७५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित एक जना उपचारपछि निको भइ घर फर्किएका छन् ।

 
 
  
 

You may also like