स्पाेर्टस एकेडेमी सैनामैना द्धारा राहत सामाग्री हस्तान्तरण

सैनामैना । सैनामैना नगरपालिकाले स्थापना गरेको विपद तथा प्रकोप ब्यवस्थापन कोषमा दिन प्रतिदिन खाद्य सामाग्री संकलन भइरहेको छ ।

मदन भण्डारी स्पाेर्टस एकेडेमी सैनामैना नगर कमिटीले सैनामैना कोषमा खाद्य सामाग्री हस्तान्तरण गरेको छ । नगर कार्यालयमा एक कार्यक्रमका बिच एकेडेमीका नगर अध्यक्ष यमलाल खरेलकाे नेतृत्वमा क्लबका सदस्यहरुले ब्यक्तिगत रुपमा उपलब्ध गराईएकाे खाध्य सामाग्री नगर प्रमुख चित्र बहादुर कार्कीलाई हस्तान्तरण गरिएको एकेडीका काेषाध्यक्ष कमल अर्यालले जनाउनु भयाे ।

नगर प्रमुख कार्कीले बिषम परिस्थितीमा विपद तथा प्रकोप व्यवस्थापन कोषमा खाद्यन्न हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्दै कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकार, निजी क्षेत्र, आम नागरिक सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लागु गरेको लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिलोस् भन्ने हेतुले सामाजिक उत्तरदायित्व बहन गर्दै स्पाेर्टस एकेडेमीकाे तर्फबाट खाद्य सामाग्री हस्तान्तरण गरेको एकेडेमीका अध्यक्ष यमलाल खरेलले बताउनुभयो ।

राहत काेषमा ५०० केजी चामल ,५० लिटर खाने तेल,५० केजी दाल, ८६ केजी नुन, साबुन लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको एकेडेमीका सचिब दिपक न्याैपानेले जानकरी गराउनु भयाे । हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्पाेर्टस एकेडेमी सैनामैनाका पदाधिकारी तथा सदस्यहरुकाे समेत सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like