रोटर्याक्ट बुटवलले ७२ घरपरिवारलाइ दियो राहत

बुटवल।कोरोना भाइरस का कारण बिश्व आतंकित भैरहेको अवस्थामा नेपाल सरकारले गरेको लकडाउन २० औं दिन सम्म आइपुग्दा दैनिक कमाइगरि खाने परिवारलाइ खाद्यान्न अभाव हुन थालेको छ ।
उक्त अवस्था सृजना नहोस भन्ने उद्देश्यले रोटर्याक्ट क्लब अफ बुटवलले बुटवल ११ पवित्रनगरका करिब ७० घरपरिवारलाइ दाल, चामल, खानेतेल, नुन, तरकारी लगायतका खाद्यान्न सामग्री क्लबको सचिवालयबाटै वितरण गरेको छ ।

रोयल ग्रुप बुटवलका पदाधिकारी र रोटर्याक्ट क्लब अफ बुटवलका पदाधिकारीहरु स्वयंले आर्थिक संकलन गरि खाद्यवस्तु खरिद गरि वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष रो. वोनिन पियाले बताउनु भयो ।
क्लबका अध्यक्ष रो. रनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम, बुटवल वार्ड नम्बर ११ का वार्ड अध्यक्ष राम चन्द्र क्षेत्रीको रोहवर साथै निवर्तमान अध्यक्ष रो. निरज पाण्डेय, उपाध्यक्ष रो. नवराज बन्जाडे, रो.कृष्ण बस्याल, रो. गोकुल खनाल, रो. दिपक अर्याल लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।
समुदायमा भैपरी आउने कुनैपनी समस्या समाधान गर्न रोटर्याक्ट क्लब अफ बुटवल प्रतिबद्ध रहेको क्लबका अध्यक्ष रो. रनिल श्रेष्ठले बताउनु भयो ।

राहत वितरण कार्यक्रमको संयोजन रो. दिपेश कुमार अग्रहरीले गर्नुभएको थियो भने कार्यक्रम संचालन क्लब सर्भिस डाइरेक्टर रो. भेषराज पोख्रेलले गर्नुभएको थियो ।

 
 
  
 

You may also like