तिलात्तमा र बुटवललाई लायन्स चाैतारीद्वारा २०/२० हजार सहयाेग

बुटवल ।रुपन्देहीमा क्रियाशील लायन्स क्लब अफ बुटवल चाैतारीले तिलाेत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका मा स्थापना गरिएकाे विपत् जाेखिम व्यवस्थापन तथा न्युनिकरण काेषमा २०/२० हजार नगद प्रदान गरेकाे छ । लायन्स क्लब अफ बुटवल चाैतारीका निवर्तमान अध्यक्ष माधव कुमार खनालकाे संयाेजक्तवमा उक्त रकम प्रदान गरिएकाे हाे ।

लायन्स क्लव अफ बुटवल चाैतारीका अध्यक्ष टेकराज न्याैपाने ले संस्थापक थर्ड भिपि जीवन अधिकारी सहितकाे समुहले बुटवल उपमहानगरपालिका का प्रमुख शिवराज सुवेदी लाई २० हजार रुपैयाको चेक प्रदान गर्नुभएको हाे ।

यस्तै तिलोत्तमा नगरपालिकाको बिपत ब्यावस्थापन कोष मा क्लब को तर्फ बाट राहत स्वरुप नगद २० हजार तिलोत्तमा नगरपालीका का मेयर बासुदेव घिमिरेलाई चार्टर प्रेसिडेन्ट लुकराज न्याैपाने र प्रथम उपाध्यक्ष एकदेव बस्यालले प्रदान गर्नुभएकाे हाे ।


क्लवका निवर्तमान अध्यक्ष माधव खनालका अनुसार क्लबले विगतका दिनहरूमा विभिन्न सामाजिक काम गर्दै अाएकाे छ ।

 
 
  
 

You may also like