टोलटोलबाट २२७ जना अति बिपन्न परिबारलाई मुसिकोट १ ले राहत बाड्यो,बाँकीलाई वडाबाट दिइने

हरि पाठक
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नंं.१ ले वडा भित्र रहेका ३२४ अति बिपन्न घरपरिबारहरूलाई राहत वितरण गर्न थालेको छ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस( कोभिड १९) को संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाइ न्यूनीकरण गर्न भन्दै चैत्र ११ गते ६ बजे मङ्लबार देखि सरकारले जारी गरेको लकडाउनका कारण कुनै पनि ज्यालादारी गर्ने श्रमजीवी ब्यक्ति, मजदुरी गरेर परिबार चलाईरहेका अति विपन्न परिवार तथा ब्यक्तिहरुलाई दुई छाक टार्नका लागि समस्या नहोस भनी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गर्न सुरू गरिएको वडा अध्यक्ष पूर्णबहादुर हितान मगरले जानकारी दिनुभयो।

नगरपालिकाको सहयोगमा वडाले दैनिक उपभोग्य बस्तु २५ किलो चामल ५ सदस्यपरिबार भएकोलाई,५ भन्दा माथिको घरपरिबारलाई ३० किलो चामल, २ किलो दाल,१ किलो नुन ,१ लिटर खाने तेल र दुई वटा हातधुने साबुनका दरले प्रत्येक बिपन्न तथा मजदुरी गर्ने ब्यक्तिहरुको टोलटोलमा पुगि वडाअध्यक्ष हितान ,वडासदस्यहरु गंगा श्रेष्ठ,गिता बिक,दलबहादुर थापा,नर बहादु खाती,कार्यपालिका सदस्यसहित प्रहरीको सहभागिता तथा रोहबरमा राहत सामाग्री बितरण गर्न थालिएको छ।

दैनिकी ज्यालादारी गर्ने श्रमजीवी गरेर अाफ्नो परिबार चलाईरहेका वास्तविक बिपन्न परिबार तथा ब्यक्तिहरू,अशक्त,असाहय,एकलमहिला,जेष्ठनागरिक यो राहतबाट बञ्चित हुनेछैनन् भनेर टोलटोलमा लगत संकलन कर्ताको टोली गाउँ गाउँमा पुगेर साबिकका १३ वडाबाट ३२४ जनाको नामावली तयार पारेको छ। जसमध्ये बिहिवार सम्म २२७ जना घरिबारलाई राहत बाडेेर सकिएको वडाले जनाएको छ। बाँँकि ९७ जनालाई वडाकार्यालबाट नैै बितरण गरिने वडा अध्यक्ष हितानले जानकारी दिनुभयो।

वडा नंं.१ भित्र रहेका थामडाँडा र अारूचौर गरि दुइ ठाउँँ, चैनडाँडा/रङ्नाम दुई ठाउँ ,ढाँण एक ठाउँ, बालुवा र सिम्ले गरि एक ठाउँ ,राजबारी र अोर्गती एक ठाउँ , भ्रमाचौर एक ठाउँ, पौंदी अमराई दुई ठाउँ बाङ्गे एक ठाउँ ,अरेवामा दुई ठाउँ, गरि साबिकका १३ वटा वडामा १३ टोलबाट ३२४ जना दैनिकी ज्याला मजदुरीमा जीवन निर्वाह गरिरहेका अति बिपन्न घरपरिवार,अशक्त,असाहय एकल महिला जेष्ठनागरिकहरूलाई राहत वितरण गरिने भनिए पनि टोलटोलमा बितरण गर्दा ब्यक्ति लिन नअाए पछि बाकिलाई वडाबाट बितरण गरिने भएको हो।

लगतसंकलन गरि वडाले कस्ता कस्ता परिबार/ब्यक्तिलाई छनोट गरि राहत बाड्दै छ त ?

घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने,घरमा कुनै खाद्य सामाग्री कोदो,मकै,चामलको भण्डारण नगरेका, परिवारमा कुनै पनि सदस्य सरकारी तथा निजी जुनसुकै रोजगारमा अाबद्ध नभएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, ज्यादै न्यून स्तर भएका ,श्रम नगरेसम्म कम्तीमा दुई छाक खाना खान तथा परिबार चलाउन समेत नसक्ने र खाद्यान्न उत्पादनमा ३ रोपनीसम्म जग्गा भएका, सामाजिक न्यायको सिद्धान्तका अाधारमा ब्यक्ति तथा परिबारलाई छनोट गरेेेेपछि राहत वितरण गर्दा कुनै विवाद सिर्जना नहुने किसिमबाट नगरकार्यापालिकाको २०७६/१२/२० बिहिवार बसेको बैठकले वडालाई निर्णयसहित सूचना जारी गरेको थियो ।सोही निर्णयको पालना गर्दै वडाहरूले लगत संंकलन गर्ने र छनोट सूचिका अाधारमा अति बिपन्न घरपरिबारलाई राहतमा समाहित गर्नुपर्ने जनाएको छ।

यस्तै नगरपालिकाका अन्य वडाहरूले पनि साबिक वडाका गाउँ गाउँ टोलटोलहरुमा पुगेर राहत वितरण कार्य सुरु गरिरहेका छन् । मुसिकोट वडा नं. २ मा ३४१,वडा ३ मा २३९, वडा ४ मा २९५,वडा ५ मा २१७, वडा ६ मा २१४, वडा ७ मा २१३, वडा ८ मा २५४,वडा ९ मा १७१ जना लगत संकलनबाट छनोटसूचीमा पर्नुभएको छ।जसअनुुुुसार राहत बितरण कार्य सबैभन्दा पहिले वडा नं.७ र ८ मा सुरू गरिएको थियो भने सबभन्दा ढिलो गरि वडा नं.२ मा बिहिवारदेखि मात्र सुरू भएको नगरपालिकाले जनाएको छ।राहत बाडेर केही वडाले सकिसकेका छन् कतिले अब अन्तिम चरणमा पुर्‍याएका छन् भने वडा नं.२ ले विहिबार देखि सुरू गरेको छ।

नगरपालिकाले अत्यावश्यकीय सामाग्री राहत स्वरुप वडावडाबाट नै उपलब्ध गराउने गरी विभिन्न निर्णय गर्दै दैनिक ज्यालादारी गरेेे परिबार चलाई बिहानसाझको खानाको समेत गुजरा गरिरहेका ब्यक्तिपरिबार यो लकडाउनबाट बढी प्रभाबित बनेको भन्दै उनीहरुको जीवनयापनमा सहजता ल्याउनको लागि राहत स्वरूप राहत कार्यवितरण कार्यविधि समेत पारित गरेको थियो।

 
 
  
 

You may also like