मोबाइल एपबाट कक्षा ११ र १२ को पढाई निःशुल्क !

‘अनलाइन कक्षा’ नलेज सेयरिङ प्ल्याटफर्म होः नरेन्द्र बिष्ट, नेपाल इन्स्टिच्यूट

कोरोनाभाइरसको महामारीका कारणले अहिले देशभरीका शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपाल इन्स्टिच्यूटले अनलाइन कक्षा (Online Kachhya) मोबाइल एपबाट कक्षा ११ र १२ को कोर्सहरु निःशुल्क पढाइरहेको छ ।

अब विद्यार्थीहरुले लकडाउनको अवधिभर मोबाइलमा एप डाउनलोड गरी निःशुल्क रुपमा अनलाइनबाट पढ्न सक्नेछन् । यही विषयमा रातोपाटीले नेपाल इन्स्टिच्यूटका संचालक तथा अनलाइन कक्षा प्रा.लि.का अध्यक्ष नरेन्द्र प्रसाद बिष्टसँग कुराकानी गरेको छ ।

अनलाइन कक्षा कस्तो प्रकारको एप्लिकेशन हो ?
अनलाइन कक्षा ई–लर्निङ प्ल्याटफर्म हो । अनलाइन कक्षा मोबाइल एप र www.onlinekachhya.com वेबसाइटको प्रयोग गरी कक्षा ११ र १२ को सम्पूर्ण कोर्सहरु, मेडिकल, ईन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु साथै कम्प्यूटर प्रोग्रामिङ कोर्सहरु निःशुल्क घरमा बसेर अध्ययन गर्न सकिन्छ ।

अनलाइन कक्षा कस्ता प्रयोगकर्ताहरुका लागि तयार पारिएको हो ?
अनलाइन कक्षा सबै विद्यार्र्थी वर्गहरुलाई उपयोगी एप्लिकेशन हो । कोचिङ, ट्यूसनको लागि भौतारिएका विद्यार्थीहरुलाई अनलाइन कक्षा बरदान नै बनेको छ । प्रोफेसनल कोर्सहरु पनि प्रयोगात्मक रुपमा अनलाइनमा सिक्न मिल्छ । अनलाइन कक्षामा विद्यार्थी मात्र होइन, शिक्षक पनि बन्न सक्नुहुन्छ । तपाइसँग भएको ज्ञान, सिपलाई रेकर्ड गरेर अनलाइनबाट बेच्नपनि सक्नुहुन्छ । यो एउटा नलेज सेयरिङ प्ल्याटफर्म पनि हो ।

यो अनलाइन कक्षाबाट कस्तो कस्तो कोर्सहरु पढ्न पाइन्छ ?
अहिले अनलाइन कक्षामा कक्षा ११ र १२ को साइन्सको भिडियोहरु, +२ पछि मेडिकल, इन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु र केही कम्प्यूटर प्रोग्रामिङ कोर्सहरु राखिएको छ । तर हामी स्कूल देखि विश्व विद्यालयसम्मका सम्पूर्ण कोर्सहरु रेकर्ड गरिरहेका छौं । आइटी र इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको लागि प्रोफेसनल कोर्सहरु रेकर्ड भइरहेका छन् । चाडै हामी धेरै कोर्सहरु अपलोड गर्दैछौं ।

नेपालमा अनलाइन शिक्षाको अवस्था कस्तो छ ?
अनलाइन एजुकेशन बाहिर तिर त पहिला देखि नै अभ्यासमा आइसकेको छ । तर नेपालमा पनि बल्ल अनलाइन पढ्नु पर्छ भन्ने ट्रेन्ड बढ्दै गएको छ । म आफै पनि प्रविधिको विद्यार्थी हो । विगत एक दशकदेखि मैले धेरै विद्यार्थी भाई बहिनीहरुलाई पढाउँदै आइरहेको छु । परम्परागत तरिका भन्दा अलि फरक हुनुपर्छ भनेर मैले ४/५ वर्ष पहिला एउटा वेबसाइट बनाएर पढाउन थाले । पछि हामीले अनलाइन कक्षा कम्पनीबाट “Online Kachhya” मोबाइन एप शुरु गर्यो ।

गुणस्तरिय शिक्षाको खोजिमा विद्यार्थीहरु गाउँबाट शहर आउँछन् । शहर पस्दैमा विद्यार्थीहरुको शैक्षिक स्तरमा सुधार आउने होइन बरु व्यपारीहरुका कलेज, कोचिङ र ट्यूसन इन्स्टिच्यूट फस्टाएका छन् । हामी ज्ञानको खोजीमा भौतारिएका हजारौं विद्यार्थीहरुलाई घरमै अनलाइनबाट पढ्न सल्लाह दिन्छौं । नेपाल सरकारले नयाँ शिक्षा निती पास गरेको छ ।

हामी यो देशको शिक्षा प्रविधि मैत्री बनाउन चाहन्छौं । प्रविधि मैत्री समाग्रीको निर्माणमा रातदिन जुटिरहेका छौं । हामी जस्तै प्रविधिको ज्ञान र शिप भएका र नेपालमै केही गर्छाै भन्ने जोस र जागर भएकाहरुलाई नेपाल सरकारले प्रयोग गरी डिजिटल नेपाल बनाओस् भन्ने हामी चाहन्छौं ।

यो लकडाउनको समयमा विद्यार्थीहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
म मेरा विद्यार्थी भाइबहिनीहरुलाई के भन्न चाहन्छु भने तपाईहरु घरमा अनलाइनबाट पढ्नुहोस् । “Online Kachhya” एप डाउनलोड गर्नुहोस् । कलेजमा कोर्स सकिएको छैन भने पनि नआत्तिनुहोस्, अनलाइन कक्षामा सबै कोर्स पढाइएको छ ।

घर बाहिर जानु भनेको रोग ल्याउनु हो, फेसबुक चलाएर, भिडियो गेम खेलेर समय खर्च नगरौं । मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स दिने विद्यार्थीहरुलाई यो समय तयारी गर्ने मौका पनि हो । यो अवसरको सदुपयोग गर्नुहोस् र सुरक्षित भएर घरमै बस्नुहोस् ।रातो पाटिबाट

 
 
  
 

You may also like