नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा संघीय नमुना संसद अभ्यास सम्पन्न

by समतल अनलाइन
41Shares

बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको आयोजनामा, नवीन विद्यार्थी क्लबको समन्वय तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहकार्यमा संघीय नमुना संसद अभ्यास कार्यक्रम–२०८३ सोमबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय डा. माधवबहादुर थापाले नमुना संसद अभ्यासजस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर व्यवहारिक शिक्षा, सीप र अनुभव प्रदान गर्ने बताउनुभयो। विद्यालयले समय, समाज, भूगोल, धर्म–संस्कृति, इतिहास, विज्ञान तथा प्रविधिलगायतका विषयमा विद्यार्थीको ज्ञान र क्षमता अभिवृद्धि गर्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरेकोमा उहाँले प्रशंसा गर्नुभयो।

उहाँले नेपालको संसदीय इतिहास, संसदीय अभ्यास, वर्तमान अवस्था, सत्ता पक्ष र प्रतिपक्षको भूमिका, मन्त्रिपरिषद् तथा संघीय संसदको संरचना र जिम्मेवारीका विषयमा समेत विद्यार्थीलाई जानकारी गराउनुभयो।

कार्यक्रममा नेपाल प्रगतिशील युवा सञ्जालका केन्द्रीय अध्यक्ष तथा प्रमुख कार्यक्रम प्रशिक्षक आकाश वलीले नमुना संसद अभ्यास कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

उद्घाटन सत्रमा नवीन विद्यार्थी क्लबकी अध्यक्ष अञ्जना ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन कक्षा ११ कानुन समूहकी छात्रा अनिशा बन्जाडेले गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रअन्तर्गत नमुना संसद अभ्यास–२०८३ सञ्चालन गरिएको थियो। अभ्यासमा सभामुखको भूमिका आकाश वलीले निर्वाह गर्नुभएको थियो भने प्रधानमन्त्रीको भूमिकामा विद्यार्थी अनिश पोखरेल, महासचिवमा ललित बुढामगर, प्रमुख प्रतिपक्ष दलको नेतामा अनिशा बन्जाडे र प्रमुख सचेतकमा अनिशा भण्डारी सहभागी हुनुभएको थियो।

त्यस्तै, समापन सत्र विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त सत्रको सञ्चालन पनि अनिशा बन्जाडेले गर्नुभएको थियो।

समापन कार्यक्रममा नेपाल प्रगतिशील युवा सञ्जालका सहप्रशिक्षक खेमप्रसाद आचार्यले नमुना संसद अभ्यासमा विधागत रूपमा उत्कृष्ट विद्यार्थीहरूको घोषणा गर्नुभएको थियो। उत्कृष्ट वक्ताका रूपमा सीमा कुर्मी, उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा गीता रोका, रचनात्मक प्रतिपक्षका रूपमा प्रमोद आचार्य तथा उत्कृष्ट नेतृत्वकर्ताका रूपमा अनिशा बन्जाडे छनोट हुनुभएको थियो।

कार्यक्रममा विधागत रूपमा उत्कृष्ट भएका विद्यार्थी तथा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

You may also like