अत्यधिक गर्मीका कारण तिलोत्तमाका विद्यालय पाँच दिन बन्द

by समतल अनलाइन
188Shares

बुटवल । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या हुन थालेपछि तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा पाँच दिन बिदा दिएको छ।

तिलोत्तमा नगरपालिकाको शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण विद्यालयमा नियमित रूपमा अध्ययन–अध्यापन सञ्चालन गर्न कठिनाइ भएको जनाएको छ।

नगरपालिकाले वार्षिक बिदाबाट मिलान हुने गरी असार २४ गतेदेखि असार २९ गतेसम्म नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ।

नगरपालिकाका अनुसार अत्यधिक तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने तथा पठनपाठनको वातावरण प्रभावित भएकाले उक्त निर्णय गरिएको हो।

शिक्षा शाखाले जारी गरेको सूचनामा बिदा अवधिपछि विद्यालयहरू नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ। सूचना शिक्षा अधिकृत घनी प्रसाद शर्मा द्वारा जारी गरिएको हो।

You may also like