अक्सफोर्ड कलेज : गुणस्तरीय शिक्षा, व्यवहारिक सीप र रोजगारीको भरपर्दो गन्तव्य

by समतल अनलाइन
10Shares

बुटवल । उच्च शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारिक ज्ञान, व्यावसायिक सीप र रोजगारीसँग जोड्ने शैक्षिक संस्थाको खोजी गर्ने विद्यार्थीका लागि बुटवलको अक्सफोर्ड कलेज विश्वसनीय नाम बनेको छ। रुपन्देहीको सुख्खानगरमा रहेको यो कलेजले विगतका वर्षहरूमा शैक्षिक उत्कृष्टता, अनुशासित वातावरण र रोजगारमुखी शिक्षाका माध्यमबाट आफूलाई पश्चिम नेपालकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित देशका अन्य भागबाट पनि विद्यार्थीहरू अध्ययनका लागि अक्सफोर्ड रोज्ने गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएम (Bachelor of Hotel Management), बीआईटीएम (Bachelor of Information Technology Management), बीबीएस र बीएड कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले उत्कृष्ट नतिजासँगै व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ।

उत्कृष्ट नतिजाले बढाएको विश्वास

अक्सफोर्ड कलेजका विद्यार्थीहरूले विभिन्न शैक्षिक कार्यक्रममा नेपाल प्रथम तथा प्रदेश प्रथम हुने सफलता हासिल गरेका छन्। उत्कृष्ट नतिजा, अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र विद्यार्थीमैत्री शिक्षण प्रणालीले संस्थाप्रतिको विश्वास थप बलियो बनाएको छ।

कलेजले विद्यार्थीलाई परीक्षा केन्द्रित मात्र नभई जीवन उपयोगी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित शिक्षण गतिविधि सञ्चालन गर्दै आएको छ।

‘पढ्दै पनि, कमाउँदै पनि’ अवधारणामा जोड

अक्सफोर्डको शिक्षण प्रणालीको प्रमुख विशेषता भनेको अध्ययनसँगै सीप विकास र रोजगारीको अवसर सिर्जना गर्नु हो। विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न पाउने वातावरण कलेजले तयार गरेको छ।

बीएचएम अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न प्रतिष्ठित होटल तथा रिसोर्टमा नियमित फिल्ड भिजिट, औद्योगिक अवलोकन र इन्टर्नसिपको अवसर उपलब्ध गराइन्छ। यसले उनीहरूलाई वास्तविक कार्यस्थलको अनुभव दिलाउनुका साथै रोजगारीका अवसर पनि सिर्जना गर्छ।

कलेजका धेरै विद्यार्थीले नेपालका प्रतिष्ठित होटलसँगै युरोप, दुबई, थाइल्यान्ड, कतार, कुवेतलगायतका देशमा इन्टर्नसिप तथा रोजगारीको अवसर प्राप्त गरिरहेका छन्।

सूचना प्रविधिमा उज्ज्वल भविष्य

डिजिटल युगको मागलाई ध्यानमा राख्दै सञ्चालन गरिएको बीआईटीएम कार्यक्रम सूचना प्रविधि र व्यवस्थापनको समिश्रण हो। यस कार्यक्रममा विद्यार्थीहरूले सफ्टवेयर, नेटवर्किङ, माइक्रोप्रोसेसर, डिजिटल लजिक लगायतका विषयसँगै व्यवस्थापनसम्बन्धी ज्ञान पनि हासिल गर्छन्।

अत्याधुनिक प्रयोगशाला, अतिरिक्त आईटी तालिम र सीप विकास कार्यक्रमका कारण यहाँ अध्ययन गरेका धेरै विद्यार्थी नेपालका प्रतिष्ठित आईटी कम्पनीदेखि विदेशी कम्पनीसम्म आबद्ध छन्। केही पूर्व विद्यार्थीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि ‘वर्क फ्रम होम’ गर्दै आकर्षक आम्दानी गरिरहेका छन् भने कतिपयले आफ्नै प्रविधि व्यवसाय सञ्चालन गरिरहेका छन्।

व्यवहारिक शिक्षामा विशेष प्राथमिकता

अक्सफोर्ड कलेजले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्ने नीति अवलम्बन गरेको छ। प्रयोगशाला, परियोजना, समूहगत अध्ययन, प्रस्तुतीकरण, औद्योगिक भ्रमण र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता विकासमा कलेजले निरन्तर काम गर्दै आएको छ।

खेलकुद, सांस्कृतिक कार्यक्रम, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिमा पनि विद्यार्थीलाई सक्रिय सहभागी गराइन्छ।

पूर्व विद्यार्थीको सफलता नै कलेजको परिचय

अक्सफोर्डबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू होटल, पर्यटन, सूचना प्रविधि, शिक्षा, व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा सफलतापूर्वक स्थापित भएका छन्। धेरै पूर्व विद्यार्थीले आफ्नै व्यवसाय सञ्चालन गर्दै रोजगारी सिर्जना गरिरहेका छन् भने कतिपय अन्तर्राष्ट्रिय कम्पनीमा नेतृत्वदायी भूमिकामा कार्यरत छन्।

कलेजका अनुसार विद्यार्थीको सफलता नै संस्थाको सबैभन्दा ठूलो उपलब्धि हो।

भविष्य निर्माणको अवसर

नेपालमा पर्यटन उद्योगको विस्तार, अन्तर्राष्ट्रिय होटल चेनको वृद्धि तथा सूचना प्रविधि क्षेत्रको तीव्र विकाससँगै दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै अक्सफोर्ड कलेजले विद्यार्थीलाई ज्ञान, सीप, व्यवहारिक अनुभव र व्यावसायिक दक्षतासहित भविष्यका अवसरका लागि तयार गर्दै आएको जनाएको छ।

उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अक्सफोर्ड कलेजले यस शैक्षिक सत्रका लागि बीएचएम, बीआईटीएम, बीबीएस र बीएड कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। गुणस्तरीय शिक्षा, व्यवहारिक अनुभव र सफल करियर निर्माण गर्न चाहने विद्यार्थीका लागि अक्सफोर्ड कलेज आकर्षक शैक्षिक गन्तव्य बन्न सफल भएको छ।

You may also like