158
बुटवल। । कपिलवस्तु अस्पालतालको आईसोलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए ।
कोरोना परिक्षणका लागि मृतकको थ्रोट स्वाब संकलन गरि काठमाडौं पठाउने तयाारी हुदैं गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका मेसु डा. बञ्जाडेका अनुसार मृतक पहिले देखि नै मुटु र फोक्सोको समस्याले ग्रसित रहेको डा. बञ्जाडेले बताए ।
previous post