कपिलवस्तुको मायादेवीमा विषादी छर्किने

कपिलबस्तु । देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको अवस्थामा मायादेवी गाउँपालिकाले कुनै पनि रोगको संक्रमण भित्रिन नदिनको लागि विषादी छर्किने कार्य शुरु गरेएको छ ।

सरसफाइको कमिले व्यकटेरियाबाट हुने विभिन्न रोग बाट बच्नका लागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको मुख्य बजारको रुपमा परिचित रहेको वडा नम्बर १ को पकडीमा विषादी छर्ने कार्य शुरु भएको हो । गाउँ गाउमा सरसफाई गराई गाउँपालिका भित्र व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोगको नियंत्रणका लागि बिषदी छर्ने काम सुरु गरिएको बताइएको छ । कोरोना भाईरस बच्नाको लागि सरसफाइ आवस्यक भन्दमायादेवी गाउँपालिकाले बिषादि छर्ने कार्य सुरु भएको गरेको छ । गाउँपालिकालाई सुरक्षित बनाउन सम्पुर्ण वडाहरुको टोल बस्तीहरुमा रहेका नाली तथा फोहर हुने ठाँउमा बिषादी छर्ने कार्य शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेन्द्र प्रसाद यादवले बताएका छन् ।

कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनको सबैले पुर्णरुपेले पालन गरी भीडभाड बाट बचेर घरमै सुरक्षित रहन सम्पूर्ण गाउँवासीमा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्साद कुर्मीले अनुरोध गरेका छन् ।

 
 
  
 

You may also like