कोरोनाको यो क्षति शुरुवात मात्रै हो, विश्व अनिश्चित दिशामा जाँदैछ : डब्ल्युएचओ

कोरोनाबाट एकै दिन तीन हजार २७० को मृत्यु, कुन देशमा कति ?
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताएको छ ।

कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको बताउँदै डब्ल्युएचओले यो महामारीले विश्वको भविष्य अनिश्चित दिशातिर लगिरहेको बताएको छ ।

विश्वका धेरै देशमा यो महामारीको भर्खर श्रु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा सतर्कता नअपनाए स्थिति नियन्त्रण गर्न नसकिने गरी भयावह बन्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन अवस्थासम्बन्धी शीर्षविज्ञ डा. माइक रायनले भने, ‘विश्वका धेरै देशमा यो महामारी चक्रको शुरुवात मात्रै भएको देखिँदैछ । केही देश (चीन, सिङ्गापुर) यो महामारीको चक्रबाट गुज्रिएका छन् । यी देशमा रोग फेरि नदोहोरियोस भन्ने हाम्रो चाहना छ ।’
कोरोनाबाट एकै दिन तीन हजार २७० को मृत्यु, कुन देशमा कति ?
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा २७ हजार नाघेको छ ।

गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट विश्वभर तीन हजार २६८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो एकै दिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।

शनिबार बिहान सात बजेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३४३ पुगेको छ । कोरोना भाइसका कारण विश्वभर हालसम्म पाँच लाख ९६ हजार २१ जना संक्रमित फेला परेका छन् । शुक्रबार एकै दिन विश्वमा ६४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक लाख ३३ हजार ५७ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इटालीमा ९१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ६ हजार नयाँ संक्रमित थपिएका छन् । इटालीपछि शुक्रबार स्पेनमा धेरैले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट त्यहाँ पछिल्लो २४ घण्टामा ७७३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार १३८ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकाका शुक्रबार एकै दिन ३९८ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ६९३ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमित सबैभन्दा बढी छन् । कोरोना संक्रमणले अमेरिकाको अवस्था भयावह बन्दै गएको छ । त्यहाँ अहिलेसम्म एक लाख ३७ हजार ९८ जना संक्रमित भएको पत्ता लागेको छ । यो चीनको भन्दा धेरै हो । चीनमा अहिलेसम्म ८१ हजार ३९४ मात्रै संक्रमित भएका छन् । एजेन्सी

FacebookTwitter

 
 
  
 

You may also like