बुटवल नगरपालिकाका भित्र तरकारी किनवेच हुने ठाउहरु यी हुन् !

बुटवल। बुटवल उपमहानगरले हरियो तरकारी किनबेच हुने स्थल तोकेको छ । लकडाउनका कारण हाटबजार बन्द भएपछि हरियो तरकारी किन्न र बेच्नका लागि गार्हो भएको महशुस गरी उपमहानगरले सार्वजनिक स्थलको चोकमा भिडभाडा नहुने गरी तरकारी किनबेचको प्रबन्ध गरेको हो ।

तोकिएको स्थानहरुबाट थोक खरिद गरि ठेला, डोको वा टोकरीमा राखी सुरक्षित तरिकाले निरन्तर टोल टोलमा लगि एक एक जनालाई विक्री वितरण समेत गर्न सकिने उपमहानगरले जनाएकाे छ । बुटवल उपमहानगरले केही असहज भए खबर गर्न समेत भनेकाे छ ।

यी हुन तरकारी किनवेच हुने ठाउहरु

वडा नं. १ र २ – लायन्स आँखा अस्पताल अगाडिको प्रतिक्षालय

वडा नं. ३ – गोलपार्क चोक

वडा नं. ४ – जेसिस चोक र दुर्गा मन्दिर

वडा नं. ५ – नगरपालिकाको कार्यालय अगाडीको चौपारी

वडा नं. ६ – टफिक चोक पूर्व–पश्चिम

वडा नं. ७ – सोमबारे हाट बजार

वडा नं. ८ र ९ – मिलनचोक वारी र पारी

वडा नं. १० – राजमार्ग चौराह

वडा नं. ११ – वाणिज्य क्याम्पस अगाडि र बुद्धनगर

वडा नं. १२ – नयाँगाउँ चोक र तामनगर

वडा नं. १३ – बेलबास चोक

सेमलार – मदैया चोक / मोतिपुर- मोतिपुर चोक

 
 
  
 

You may also like