पाल्पाको रैनादेवी छहराले जनचेतनामूलक कार्यक्रम गर्दै मास्क बाड्यो

हरि पाठक
पाल्पा।बिस्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन तथा लाग्न नदिन र सङ्क्रमण देखिएमा यसबाट बच्न स्थानीय तहहरुले पनि कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रमलाई अगाडी बढाइरहेका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउपालिकाले पनि पालिका भित्रका वडाका बिद्यालयमा पुगेर कोभिड-१९ अर्थात कोरोना भाइरस सक्रमण,सन्त्रास तथा जोखिम न्यूनिकरणका लागि जनसचेतीकरण कार्यक्रम संचालन गरेको हो ।

कोरोना भाइरस नेपालमा अझै नदेखिएको तर यसबाट उच्च सतर्कता अपाउन गाउपालिकाले सोमबार गाउपालिका प्रमुख रामबहादुर कार्कीको संयोजकत्वमा गाउपालिका उपप्रमुख चेतकुमारी थापा,प्रबक्ता बिष्णुप्रसाद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्री स्वास्थ्य शाखा अधिकृत जीवन राना , गाउपालिका सदस्य,कर्मचारी लगायत अन्य प्रतिनिधि रोहोबरको बैठकले विपद ब्यबस्थापन समिति गठन गरि सक्रमण भित्रन नदिन जनचेतानामुखी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

पालिका भित्रका ८ वडामा विभिन्न सघ सस्था बिद्यालय सरकारी कार्यालय,जनताका बीच बीचमा पुगेर कोरोना भाइरसबारे साबधानी अपनाउन गाउपालिकाको टोलिले विभिन्न जानकारी दिने कार्य सोमबारदेखि नै सुरु गरेको गाउपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयो ।उहाले गाउपालिका जनताको स्वस्थ्यमा सजकता अपनाउदै, अहिले बिस्वभर महामारीकै रुपमा देखिएको कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउन पनि जनताका लागि गाउपालिकाले कुनै कसुर बाकि नराखी हरबखत काम गर्ने र गरिरहेको बताउनुभयो ।अध्यक्ष कार्कीले कोभिड-१९ अर्थात कोरोना भाइरस संक्रमण चेक जाच सम्बन्धी प्रवन्ध मिलाउन छहरा स्वस्थ्य चौकीलाई तयारि अबस्थामा राखिएको समेत जनाउनुभयो।

गाउपालिकाले कोरोना भाइरसबाट थप साबधानी अपनाउदै गाउगाउमा प्रचारप्रचारलाई तिब्रता दिदै आबश्यक ठाउमा मास्क,सेनिटिजेर,कोरोना भाइरस संक्रमणका लक्षणहरु बच्ने उपाय,सर्ने कारण लगायतका जानकारीमुलक प्रर्चा पम्पलेट लगायतका सामग्री वितरण गर्ने कार्यलाई प्रथमिक्ताका साथ अगाडी बढाएको छ ।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख जिबन रानाको संयोजकत्वमा कोरोना भाइरसबारे चेकजाचको लागि छहरा स्वास्थ्य चौकीमा हेल्थडेस्क संचालन गर्ने,गाउपालिका भित्रका एम्बुलेन्सलाई तयारि अबस्थामा राख्ने,स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अत्याबश्यकका काममा बाहेक बिदामा बस्न नपाइने यदि बस्ने अबस्था आए बैकल्पिकको ब्यबस्था गर्ने लगायतका निर्णय गरिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले स्वयं ब्यक्ति आफुले पनि आफ्नो क्षेत्रमा सजकता अपनाउन आग्रह गर्नुभयो।

गाउपालिकाले पालिका भित्र कुनै पनि सभा सम्मेलन,जमघट र भिड जन्य कार्य नगर्न प्रेश बिज्ञप्ति जारि गरि पहिलेनै निर्णय गरेको थियो अहिले पनि उक्त पक्षलाई थप निर्णय गर्दै गाउपालिका स्तरबाट हुने कार्यक्रम समेत स्तगन गरेको छ ।

साथै गाउपालिकाले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा चलिरहेको र अन्तिम दिन यहि आउदो चैत्र ५ गते वडाका प्रत्येक बिद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक,कर्मचारी,बिद्यार्थीहरुलाई कोभिड-१९ अर्थात कोरोना भाइरसबाट टाढा रहन जनचेतनामुलक कार्यक्रम गर्ने गाउपालिकाले जनाएको छ।

यस्तै छहरा स्वास्थ्य शाखा प्रमुख जिबन रानाले सरसफाई, हाम्रो खानपानमा बिशेष ध्यान दिन तथा मासुजन्य बस्तु राम्रो संग पकाएर,साबुन पानीले राम्रोसंग हात धोएर मात्र खान र नआत्तिन आग्रह गर्नुभयो ।

रैनादेवी छहरा गाउपालिकाले कोरोनाबाट सजकता अपनाउन आग्रह गर्दै पालिकाभित्र उपायबारे सचेतनामुलक कार्यक्रमहरु ब्रोसेरको प्रयोग गरि माइकिङ्ग्को माध्यम्दवारा प्रथमिकताका साथ प्रचारलाई तिब्र पारिएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण प्रवेश गर्न नदिन स्थानिय स्तरबाट भिभिन्न रणनीति अपनाउन रैनादेवी गाउपालिकाले ठोस कदम चालेको हो ।

जुनसुकै बेला कोरोना भित्रिन सक्ने जोखिमलाई ध्यान दिएर रोकथामको तयारी तीव्र बनाइएको गाउपालिकाले जनाएको छ ।

यसैबीच छाहरासहित पाल्पाका दश स्थानीय तहहरुले पनि नोबेला कोरोना भाइरसबाट सजकता अपनाउन पूर्वतयारीलाई जोड दिएको र कोरोना भित्रिहालेमा सहज उपचार र नियन्त्रणको लागि तयारी अबस्थामा रहेको र नियन्त्रण तथा साबधानी सम्बन्धि कार्यक्रमलाई तिव्रता पार्दै मास्क र अन्य आबश्यक सामग्री वितरण गरिरहेका छन्।

 
 
  
 

You may also like