शुद्धोधनमा अपाङ्गहरुका लागि ह्विल चियर र वैशाखी वितरण

अर्जुन खत्री
शुद्धोधन । शुद्धोधन अपाङ्ग सङ्घको आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विल चियर तथा बैशाखी वितरण गरिएको छ। शारीरिक रुपमा अशक्त भएका शुद्धोधन गाउपालिका भित्रका अपाङ्ग २ जनालाइ ह्विल चियर र १ जनालाई बैसाखी वितरण गरिएको शुद्धोधन अपाङ्ग संघका अध्यक्ष बिष्णुबहादुर थापाले बताउनुभयो । शुद्धोधन वडा न ५ निवासी रामप्रसाद थारुलाई बैशाखी र शुद्धोधन ४ निवासी लोकबहादुर केसी , शुद्धोधन १ निवासी मनोज थारुलाई ह्विल चियर घर घरमा पुगेर वितरण गरिएको हो ।


ह्विल चियर र बैशाखी खरिद गर्नका लागि सहयोग गर्ने हाल हङकङ बस्दै आउनुभएकी प्रतिज्ञा भट्टराई ,अमेरिकी बस्दै आउनुभएका कृष्ण राना, दुबइ बस्दै आउनुभएका रामु भण्डारी र काठमाडौ बस्दै आउनुभएका पंकज खरेललाई अध्यक्ष थापाले सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनहरूमा सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
अपाङ्ग संघका सल्लाहकार पोषराज खनालले शुद्धोधन अपाङ्ग संघले अपाङ्गहरुका लागि ह्विल चियर र बैशाखी वितरण गर्नु निकै सह्रानिय काम गरेको भन्दै आउदा दिनहरुमा पनि अपाङ्गहरुको हक हितका लागि र सहजताका काम गर्नका लागि सुझाव दिनुभयो ।
ह्विल चियर र बैशाखी प्राप्त गरिसकेपछी ३ जना अपाङ्गहरुले आफुहरुको समस्या बुझी सहजता लागि ह्विल चियर र बैशाखी वितरण गरेकोमा अपाङ्ग संघलाई धन्यवाद दिएका थिए ।

 
 
  
 

You may also like