अग्लुङ्ग-बुटवल सम्पर्क अभियान सुरु, भष्ट्रचार अनियमितता रोकी समाजसेवामा लाग्ने

विवश विष्ट,
बुटवल।अग्लुङ्ग बुटवल सम्पर्क अभियान’को कार्यसमिति चयन भएको छ। गुल्मी जिल्लाको मदाने गाउँपालिका-०१, अग्लुङ्ग घर भई बुटवल बस्दै आउनुभएका व्यक्तिहरु मिलि यो संस्था स्थापना गरिएको हो।

शनिबार बुटवलको पुष्पलाल पार्कमा विभिन्न व्यक्तिहरु, समाजसेवी तथा वरिष्ठ व्यक्तिहरुको उपस्थितमा २३ सदस्यीय कार्यसमिति चयन भएको छ। जसको अध्यक्षमा अग्लुङ्ग घर भई बुटवललाई आफ्नो सांगेतिक कर्मथलो बनाउदै आएका विक्रमबाबु विश्वकर्मा चयन भएका छन। त्यसैगरी उपाध्यक्षमा शालिकराम खड्का, महिला उपाध्यक्षमा अन्जु थापा, महासचिवमा सुमनराज खत्री, सचिवमा विवश बिष्ट, कोषाध्यक्षमा अमृता चन्द, सहकोषाध्यक्षमा भरत चन्द तथा प्रवक्तामा विनोद विष्ट लगायत १५ जना सदस्यलाई कार्यसमितिमा चयन गरिएको छ।

गाउँमा नागरिकका हकहित तथा आफ्ना अधिकार सुनिश्चित गर्न तथा गाउँ मा भैरहेका भष्ट्रचार, अराजकता, अनियमितता जस्ता कुराहरुलाई रोक्न बुटवलमा रहि आफ्नो क्षेत्रबाट कार्य अगाडि बढाउन संस्था आवश्यक रहेको र संस्था स्थापना गरि यी कार्यहरु जसरि पनि पर्दाफास गर्न संस्था अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष बिक्रम बाबू बिश्कर्माले बताए। “यी र यस्ता कार्य मात्र नभई हामी सामाजिक क्षेत्रमा पनि समाजसेवाको अभियान लिएर अगाडि बढ्ने र संस्थाको स्थापना लगतै बुटवल संग कोडिनेसन गरि तिनाउ सरसफाइ कार्यक्रम गर्नेछौं” उनले भने।

गुल्मीकै विकट गाउँ मानिने अग्लुङ्ग गाउबाट बुटवल आई बस्दा कहिकतै कसैलाई समस्या नपरोस् साथै एकआपसमा गाउँ र शहरकम एजेन्डा उठाउदै गरेको कार्यले सबैलाई सकारात्मक सन्देश जाओस् भन्ने उदेश्यले संस्था स्थापना गरिएको नवनिर्वाचित महासचिव सुमनराज खत्रीले बताए।

२३ सदस्यीय मुल कार्यसमिति रहेको यश संस्थामा ४० जना भन्दा बढी साधारण सदस्य रहृका छन। त्यसै गरि ७/७ सदस्यीय संरक्षण समिति र सल्लाहकार समिति रहेको प्रवक्ता विनोद बिष्टले जानकारी दिए। जसमा समाजसेवी, बुद्धिजीवी तथा बरिस्ठ व्यक्तित्व भगवती चन्द संरक्षण समिति संयोजक र रमेश के सि लाई सल्लाहकार संयोजकमा चयन गरेको छ।

 
 
  
 

You may also like