ट्रेड युनियनको प्रदेश कार्यालय बुटवलमा उद्घाटन

बुटवल। नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचको कार्यालय बुटवलमा उद्घाटन गरिएको छ । बुटवलको कालिकानगरमा स्थापित कार्यालयको शुक्रबार नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद पुष्कर आचार्यले उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै अध्यक्ष आचार्यले मुलुकको संघीय संरचनासंगै ट्रेड युनियन आन्दोलन पनि तीनै तहमा विभाजित भएकोले श्रमिकको हकाधिकारकालागि ट्रेड युनियन आन्दोलनका अभियान्ताहरु चनाखो हुनु पर्ने बताउनु भयो ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश समितिका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन)का केन्द्रीय अध्यक्ष जेबि गुरुङ्, नेपाली काँग्रेस क्षेत्रीय समितिका उपसभापति परशुराम ढकाल, बुटवल नगरसमितिका सभापति खेलराज पाण्डे, नेपाल व्यूटिसियन संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदेश उपाध्यक्ष कृष्णप्रसाद वेलवासेले गर्नुभएको थियो ।

 
 
  
 

You may also like