यज्ञोदय क्याम्पसद्वारा कोरोना बिरुद्धको जनचेतना कार्यक्रम सम्पन्न

अर्जुन खत्री 
फर्साटिकर । यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस शुद्धोधन ३ रमवापुरको आयोजना तथा वडा न ३ को कार्यालयको समन्वयमा विभिन्न ठाउमा बिश्वब्यापी फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको विरुद्दको जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरु र प्राध्यापकहरुलाई विभिन्न १४ टोलिमा विभाजन गरि शुद्धोधन ,सियारी गाउपालिका र बुटवल उपमहानगर भित्र रहेका विभिन्न ४२ वटा टोलका घर घरमा पुगी प्रचा पम्प्लेट बाडी स्थानियलाई कोरोना भाइरसको बारे जानकारी गराउदै कोरोना भाइरसका लक्षणहरु र बच्ने उपायहरुको बारेमा सचेतना दिएको क्याम्पस प्रमुख टंक पौडेलले जानकारी दिनुभयो ।

समुदायसङ्गको सहकार्य अभिबृद्दी र समुदायको हरेक समस्यामा सहकार्य गर्दै क्याम्पस समुदाय सम्बन्धलाई थप मजबुद बनाइ अघि बढने क्याम्पसको उद्देश्य अनुरुप समुदायमा कोरोना विरुद्धको जनचेतना मुलक कार्यक्रम को आयोजना गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

बिश्वब्यापी अहिले कोरिनाले आतंकीत भैरहेको अवस्थामा क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरु मिलेर गरेको जनचेतना अभियान प्रभावकारी भएको क्याम्पस सञ्चालक समिती अध्यक्ष मणिप्रसाद खनालले बताउनुभयो ।

 
 
  
 

You may also like