सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार ३००

by समतल अनलाइन

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला रु ८० हजार ३०० मा कारोबार भई नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार छापावाला सुन रु ७८ हजार ८०० मा कारोबार भएको थियो । यो आइतबारको तुलनामा रु एक हजार ५०० ले बढी हो । यस्तै तेजावी सुन प्रतितोला रु ८० हजारमा कारोबार भइरहेको छ । आइतबार यो प्रतितोला रु ७८ हजार ५०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आइतबार प्रतितोला रु ९२० मा कारोबार भएकोमा सोमबार प्रतितोला रु ९२५ मा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like