सुनको भाउ फेरी बढ्यो

by समतल अनलाइन

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ रेर्कड कायम हुँने क्रम रोकिएको छ ।साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलाको ७८ हजार १ सय कायम भएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।

आज छापावाल सुन प्रतितोला ७८ हजार १ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार छापावाल सुन ७७ हजार ६ सय तथा तेजावी सुन ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 
 
  
 

You may also like