‘मेरो शक्ति’को टपटेनका २ जनालाई बुटवलमा सम्मान

by समतल अनलाइन

बुटवल। युएस आईडी को सहयोग र सुआहारा को आयोजनमा सन्चालित मेरो शक्ति अभियान मा टप टेन मा पुगेक २ जनालाई रुपन्देहिमा सम्मान गरिएको छ ।

केन्द्रिय कार्यक्रम अनुसार रुपन्देही बाट भाग लिएर टप टेनमा पुगेका २ जनालाई सुआहारा रुपन्देहीले सम्मान गरेको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरि टप टेनमा परेका बुटवलकि पत्रकार पुजा पन्थि र बिद्यार्थी रचना पौडेललाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै सुआहाराका पोषण सल्लाहकार रजनन्दन मण्डलले महिलाका क्षेत्रमा काम भएपनी जनमानसले महसुस गर्नु पर्ने काम अलि हुन नसकेको बताए ।

उनले अझैपनी महिलाको क्षेत्रमा काम गर्ने बताए । महिलाहरु अझैपनी घर बाहिर निस्कन नसकेको अवस्था रहेको बताउदै महिलालाई अगाडि बढाउने कुरा चुनौतीपुर्ण रहेको बताए ।

कार्यक्रममा टप टेनमा परेकि पुजा पन्थीले अझैपनी महिलाहरु ३३ प्रतिशतकै लागि लड्नु दुखको कुरा बताउदै अबका दिनमा ५० प्रतिशत सहभागिताका लागि लड्नु पर्ने बताईन ।

टप टेनकी रचना पौडेलले अवसर नपाएक हरुको लागि यस्ता अभियानले फाईदा पुगेको बताईन ।

कार्यक्रममा सुआहारा प्रदेश संयोजक सुनिल खतिवडा, सुआहारा प्रदेश ५ का कृषि संयोजक अर्जुन श्रेष्ठ लगाएतले बोलेका थिए ।

सुआहाराले महिला पोषणका कार्यक्रम हरु संचालन गर्दै आएको छ । मेरो शक्ति अभियानमा देशभरबाट १२ सय जनाले सहभागिता जनाएका थिए । शुआहाराले ४२ जिल्लामा काम गरिरहेको छ ।

 
 
  
 

You may also like