विप्लवका जिल्ला तथा क्षेत्रिय सदस्य नेकपामा

by समतल अनलाइन

टिका खरेल
सैनामैना । विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सदस्य बुद्धिराम चौधरी थारुले र क्षेत्रिय सदस्य चन्द्रभान चौधरीले बिप्लब परीत्याग गरी नेकपा प्रवेश गर्नु भएको छ ।


सैनामैना नगरपालिका वडा नम्बर ६ भंड्सा निवासी बुद्धिराम थारुले प्रेस विज्ञप्तीमा निकालेर दुई दिन अगाडि विप्लव नेतृत्वको नेकपामा जिल्ला कमिटी सदस्यका रुपमा कार्यरत रहेकोमा हाल उक्त पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हाे। प्रेस विज्ञप्तीमा भनिएको छ – विप्लवको नीति, सिद्दान्त र नेताहरुको व्यवहारले कम्युनिष्टको कुनै पनि मर्म नछुने भएकाले पार्टीमा बस्नुको कुनै अर्थ नरहने प्रष्ट पार्दै पार्टी परित्याग गरेको हुँ । चौधरीले पार्टी परित्याग गरे सँगै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको छ ।

बिप्लबका क्षेत्रिय नेता चन्द्रभान चौधरी पनि बिप्लब परीत्याग गरी नेकपा प्रवेश गर्नु भएको छ । अाज नेकपाका प्रदेश ५ का संगठन बिभाग प्रमुख भुमिश्वर ढकाल,नेकपाका प्रदेश सदस्य भुमिलाल सापकाेटा, नेकपाका जिल्ला सचिवालय सदस्य चित्र बहादुर कार्की, जिल्ला सदस्य नर बहादुर घर्ती ,विना राना,कृष्ण घिमिरे , खुशीराम चाैधरी, नेकपाका सैनामैना नगर अध्यक्ष नारायण न्याैपाने लगायत नगर कमिटी सदस्यले अबिर माला लगाएर पार्टीमा स्वागत गर्नु भएको थियाे ।

 
 
  
 

You may also like