जापानीज नागरिकद्वारा विपन्न विद्यार्थीलाई सहयोग

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । रुपन्देहीको देवदह-६ शिवालय टोलमा रहेको सत्यसाई विद्या पिठमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिकालाई जापानीज नागरिकले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

जापानको टोकियोबाट नेपाल घुम्न आएकी जापानीज नागरिक मिया लामा तामाङ्गले आईतबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका हुन । विद्या पिठमा अध्ययन गर्ने ६४ जना विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस भनेर जापानीज नागरिक मिया लामा तामाङ्गले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल र प्रधानाध्यापक रामवरण यादवलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । मियाले आफु नेपाल आएको समयमा विपन्न तथा गरिव विद्यार्थीलाई सहयोग गर्ने बिचारले विद्या पिठमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति ब्यक्ति आधा दर्जन कपि र एक दर्जन पेन्सिलका दरले सहयोग गरेको बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा देवदह नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष दामोदर क्षेत्री, सत्यसाई ट्रष्टका संस्थापक अध्यक्ष पवित्रा श्रेष्ठ, उपाध्यक्ष कमला हमाल, सृजना पुन, भाई एजुकेशनल कन्सल्टेन्सीका प्रमुख तथा शैक्षिक सामग्री सहयोग कार्यक्रम संयोजक निलम अधिकारी लगायतले विपन्न तथा गरिव विद्यार्थीहरु अध्ययन गर्ने विद्या पिठमा गरिने सानो सानो सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा हौसला प्रदान हुने बताए । उक्त विद्या पिठमा स्थानीय विपन्न तथा गरिव समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका छन् ।

विभिन्न संघसंस्था र ब्यक्तिहरुको सहयोगबाट संचालन भई रहेको विद्यालयमा देवदह नगरपालिकाले तीन जना शिक्षकको दरवन्दी गराएपछि विद्यालय संचालनमा केही सहयोग भएको स्थानीय समाजसेवी खेमनारायण अधिकारीले बताए ।

 
 
  
 

You may also like