ग्लोबल आई एम ई को सहयोग बिधार्थीलाई

by समतल अनलाइन

सैनामैना। ग्लोबल आई एम ई बैंक लि.मुर्गिया शाखाले सैनामैना ३ स्थित जनज्योति आधारभुत बिधालयका बिधार्थीहरुलाई शैक्षिक साम्रागी बितरण गरेको छ । बिधालयका २४ जना बिधार्थीलाई साम्रागी हस्तान्तरण गरिएको बैकका मुर्गिया शाखाका प्रबन्धक पदमराज पोखरेलले जनाए ।
बैंकको नाफाबाट १ प्रतिशत सामाजिक कार्यमा लगाउने राष्ट्र बैकको निति अनुसार बिधार्थीहरुलाई शैक्षिक साम्रागी बितरण गरेको पोखरेलले बताए । बैंकको आर्थिक कारोबारसंगै सामाजिक दायित्व पनि हुने हुदा यस शाखा मार्फत बर्ष भरी नै बितिय साक्षरता,शिक्षा र स्वास्थ्यमा बिभिन्न कार्यक्रम गर्दै आएको प्रवन्धक पोखरेल बताए ।
जनज्योती आधारभुत बिधालय कक्षा ८ मा अध्ययनरत छात्रा कबिता खड्काले शैक्षिक साम्रागी पाएकोमा खुशी ब्यक्त गर्दै ग्लोबल आई एम ई बैंक मुर्गिया शाखालाइ धन्यवाद दिईन । त्यसतै आर्का छात्र रनक सिंजालीले साम्रागीले पाठपाठनमा सहयोग पुग्ने बताए ।
ग्लोबल आई एम ई बैंक मुर्गिया शाखाले यस अघि सैनामैना २ मा रहेको कालिका बिधालय र सैनामैना ४ मा रहेको पर्रोहा मा.बि. मा रहेका बिधार्थीहरुलाई बिधालय पोशाक बितरण गरेको थियो । यस्तै बैंकले अब छिटै मुर्गिया खानेपानीको सहकार्यमा डस्बीन बितरण गर्न लागेको र यसका लागी रु १ लाख बजेट समेत बिनियोजन भएको प्रबन्धक पोखरेलले बताए ।

 
 
  
 

You may also like