नेपाल बिद्यार्थीले थाल्यो बुटवल बहुमुखी क्याम्पसमा कक्षा समिति गठन अभियान सुरु

by समतल अनलाइन

बुटवल। नेपाल बिद्यार्थी संघद्वारा बुटवल स्थीत बुटवल बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ ।

त्रिविले आगामि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका अगाडि बढाए संगै रुपन्देहीका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीका लागि विद्यार्थी संघठनहरुले संघठन विस्तार कार्यक्रम अगाडि बढाएका छन् । फलस्वरुप नेबी संघ बुटवल बहुमुखी इकाइले पनि आफ्नो संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ ।

इकाई सभापति दिनेश पौडेलको सभापतित्वमा क्लास समिती बिस्तार कार्यक्रममा उपसभापतीद्वय ॠषि भण्डारी , बिक्रम पौडेल,विद्यार्थी नेता गोबिन्द बस्नेत ,दिवस न्यौपाने लक्षमण थापा लगायतको उपस्थितीमा क्लास समिती बिस्तार अभियानले तिब्रता पाएको हो । संगठन विस्तार कार्यक्रम निरन्तर अगाडि बढाउने समेत सभापती पौडेलले सबलपोस्टलाई जानकारी दिनुभयो ।

 
 
  
 

You may also like