दीप बोर्डिङमा खाजा महोत्सव सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा शुक्रबार दोस्रो त्रैमासिक परीक्षाको सन्दर्भ पारेर खाजा महोत्सव सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा पढाइका अतिरिक्त व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले खाजा महोत्सव आयोजना गरिएको कुरा विद्यालयका उपप्राचार्य कलाधर अर्यालले बताए भने महोत्सवमा करिब एक लाख २० हजार बराबरको कारोबार भएको कुरा लेखा प्रमुख रेखा श्रेष्ठले बताइन ।
कक्षा ९ का विद्यार्थीहरूको सक्रियतामा सम्पन्न खाना महोत्सवमा मम, चाउमिन, कोदोको रोटी, बटुक, नेवारी खाजा, कफी, पपकर्न, सेल रोटी, अचार लगायतका परिकारहरू विभिन्न स्टलहरू मार्फत् विद्यार्थीहरूले बिक्री वितरण गरेका थिए भने खाना महोत्सवलाई रमाइलो र प्रभावकारी बनाउन गीत, नृत्य, रोचक खेल, फेस पेन्टिङ जस्ता आकर्षक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।

त्यसैगरि व्यवस्थापन सङ्कायको कक्षा १२ मा मार्केटिङ पढ्ने विद्यार्थीहरूले विभिन्न कस्मेटिक सामान राखी बिक्री गरेका थिए भने कक्षा ११ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूले समेत भेज स्प्रिङ रोल, सुप, हट एन्ड सावर सुप, चिकेन पप्कन लगायत बनाएर बिक्री गरेका थिए ।

विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्र कुमार शाक्य तथा प्लस टु संयोजक वसन्त कुमार जोशीको सुपरभिजनमा सम्पन्न खाजा महोत्सवको साङ्गीतिक कार्यक्रम पुरुषोत्तम पाण्डेयले सञ्चालन गरेका थिए ।

 
 
  
 

You may also like