२५७ वटा अवैध खसी नियन्त्रणमा

by समतल अनलाइन

काठमाडौँ। बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले २५७ वटा अवैध खसी नियन्त्रणमा लिएको छ । प्रहरीले राप्ती सोनारी गाउँपालिकाको कुसुममा रहेको जङ्गलमा रा १ ख २८१ र रा १ ख १०९८ नम्बरका दुई वटा ट्रक र म १ ख ८२८ नम्बरको बसमा लोड गरिराखेको अवस्थामा खसी बरामद गरेको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उनका अनुसार, उक्त खसीको बजार मूल्य करिब रु ३५ लाख रहेको छ । प्रहरीका अनुसार बरामद गरिएका खसीलाई काठमाडौँ लैजाने तयारी गरिएको थियो । खसीसहित चालक दलका सदस्यलाई पक्राउ गरिएको छ ।

प्रहरीले जाँचका क्रममा खसी लैजाने गाउँपालिकाको सिफारिस र पशु क्वारेन्टाइन कार्यालयको पत्रमा शङ्का लागेपछि थप अनुसन्धानका लागि खसी नियन्त्रणमा लिएको जनाइएको छ ।

 
 
  
 

You may also like