जिल्ला स्तरीय हाजिरीजवाफको उपाधि स्कलर्स होमलाई

by समतल अनलाइन

बुटवल । रुपन्देहीको बुटवलमा भएको एन प्याब्सन जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगिताको उपाधी स्कलर्स होम बोर्डिङ्ग स्कुलले हात पारेको छ । जिल्लाका डेढ दर्जन विद्यालयको प्रतिस्प्रर्धी समुहलाई उछिन्दै स्कलर्स होम बोर्डिङ्गले हाजिरिजवाफको उपाधी हात पारेको हो । उपाधी सहित नगद ५ हजार शिल्ड तथा प्रमाणपत्र हात पारेको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन रुपन्देहीको आयोजनामा भएको तेस्रो जिल्ला स्तरीय प्रतियोगितामा सैनामैनाको सुनगाभा पब्लिक स्कुल द्वितीय, देवदह बोर्डिङ्ग स्कुल खैरेनी तृतीय र मुनाल बोर्डिङ्ग स्कुल बुटवलले प्रोत्साहन पुरस्कार हात पारेको छ । प्रतियोगितामा द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार हासिल गर्ने विद्यालयले क्रमश: तीन, दुई र एक हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारे । नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुहुदै जिल्ला शिक्षा विकास समन्वय ईकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थी जीवनमा धेरै विषयका ज्ञान हुन आवश्यक रहेको बताए । खेलकुदले शारिरिक तथा अतिरिक्त कृयाकलापले विद्यार्थीको बौद्धिक ज्ञान बढाउने भएकाले विद्यालयमा शैक्षिकसँगै अतिरिक्त कृयाकलापका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने कुरामा प्रमुख ढकालले जोड दिए ।

कार्यक्रममा अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, एन प्याब्सनका केन्द्रीय सदस्य बालाकृष्ण तिवारी, प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल, रुपन्देही पुर्व अध्यक्ष देउप्रकाश राई, कान्ति माध्यमिक विद्यालयका प्रिन्सिपल गोविन्द ज्ञवाली, व्राईट स्टारका अध्यक्ष भवानीप्रसाद भुषाल, एन प्याब्सनका सचिव बाबुराम बन्जाडे लगाएतले विद्यार्थीको चौतर्फि विकासका लागि समयसमयमा प्रतियोगितात्मक कार्यक्रम गर्न आवश्यक रहेको बताए । प्रतियोगितामा सेलेक्शन, जनरल नलेज, विषयगत, रेपिड फायर, अडियो भिजुअल र रिक्स गरि ६ राउण्डमा प्रश्नोउत्तर राखिएको कार्यक्रममा संचालक गणेश डुम्रेले जानकारी दिए । प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न स्थानका १८ संस्थागत विद्यालयहरुका ५४ प्रतिस्प्रर्धी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

 
 
  
 

You may also like