घरेलु तथा साना उद्योग महासंघद्धारा एडभान्स व्युटिसियन तालिम

by समतल अनलाइन

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा रुपन्देहीले नि:शुल्क ४५ दिने एडभान्स व्युटिसियन तालिम प्रदान गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिको वडा नम्बर १ शंकरनगरमा विभिन्न वडामा महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।

बेसिक कोर्ष बिभिन्न ठाउँमा गरेका महिलाहरुलाई दक्ष व्युटिसियन बनाउने उदेस्यले प्रदान गरीएको तालिममा २५ जना महिलाको सहभागीता रहेको घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीकी महिला अध्यक्ष मञ्जु भुषालले जानकारी दिईन् ।

उनीहरुलाई शंकरनगरमा एक समारोहका बिच प्रमाणपत्र वितरण गर्दे जिल्ला घरेलु कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख नारायण प्रसाद आचार्यले सिप आर्जन गरेर आम्दानीबृद्धि गर्दा महिला पुरुष सवै सक्षम बन्ने बताए ।

उनले कार्यालयले महिला पुरुष सवैकालागी बिभिन्न कार्यक्रम लिएको भन्दै आफ्नो क्षमता,योग्यता हरेर सिप सिक्नुपर्ने बताए।

कार्यक्रममा नेपाल घरेलु तथा सना उद्योग महासंघ प्रदेश संयोजक नेत्र पाठक , महिला संयोजक शान्ती शर्मा,नेपाल घरेलु तथा सना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कनैन्या लाल कसौधन लगायत बोलेका थिए । एडभान्स व्युटिसियन तालिममा फेसियल, हेयर कटि ,जुरो, स्ट्रेडजुरो, दुलाही सृगांर, लगायतका कोर्षमा प्रशिक्षण दिएको छ ।

एडभान्स तालिम लिएपछि व्युटिर्पालर खोल्न सक्ने तथा व्युटिर्पालरमा रोजगारी पाउन सक्ने छन् । तालिम लिन नगरपालिबाट छनौट भई आएका २५ जनालाई ४५ दिन सम्म सैन्दातीक ज्ञान र व्यावहारीक अभ्यास दिएको थियो ।

 
 
  
 

You may also like