सैनामैनाले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

by समतल अनलाइन

टिका खरेल
सैनामैना ।सैनामैना नगरपालिका भित्र रहेका करिब ६०० जना ज्येष्ठ नागरिकलाई आज नगरपालिकाले सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई कम्मल तथा बिस्कुट दिईएर सम्मान गरिएको थियो ।


ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले यो उहालाई सम्मान मात्र नभई उहाहरुको आर्शिबाद ग्रहण गरेको बताउनु भयो । बर्षमा एक पटक ज्येष्ठ नागरिकको आर्शिबाद लिने परम्पराको थालनी गरेको बताउदै नगर प्रमुख कार्कीले यस बाट अझ उर्जाशिल भएर काम गर्ने हौसला प्राप्त हुने बिश्वाश रहेको बताउनु भयो । ज्येष्ठ नागरीकलाई प्रदान गरिएको उपहार नगरबासीको करबाट खरिद गरिएकोले यसमा सम्पुर्ण नगरबासीको तर्फबाट सम्मान गरिएको बताउनु भएको थियो ।
। उहाँले भन्नुभयो – ‘ ज्येष्ठ नागरिकको सुबिधाको लागी उहाहरुले पाउने सामाजिक सुरक्षा भत्ता बंैक र वडा कार्यालय मार्फत नगरपालिकाले घर घरमै पुर्याउने ब्यवस्था समेत मिलाईको बताउनु भएको थियो ।


सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आज का ज्येष्ठ नागरिक हिजोका भबिष्य निर्माता भएकाले उहाहरुको सम्मानमा सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सम्मान ग्रहण गर्दै सैनामैना १० का ९२ बर्षीय भिम बहादुर पुनले नगरपालिकाले सम्मान गरेको हर्षित भएको बताउदै यसले ज्येष्ठ नागरिकको मनोबल बढाउने बताउनु भयो ।
यस्तै सैनामैना २ का ८४ बर्षीय रामलाल पन्थी शर्माले जाडोको समयमा नगरपालिकाले कम्बल दिईकोमा नगरपालिकालाई घन्यबाद दिदै यो धेरै नै पुण्यको काम भएको बताउनु भयो । सम्मान गर्न कुनै ठुलो धनराशी वा ठुलै उपहार नचाहीने बृद्धबृद्धा सम्झै मात्र पनि पुग्ने समेत शर्माले बताउनु भयो ।


कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको स्वागत तथा सैनामैनाकी अधिकृत तुल्सा ज्ञवाली को संचालनमा सैनामैना ८ स्थित सतचिन्तनको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like