सुन तोलाकाे ७५ हजार ५ सय, तीन दिनमै २ हजार बढ्यो

by समतल अनलाइन

काठमाडौं । सुन मूल्य अहिलेसम्मकै महँगो भएको छ। यसअघि महँगो भएर नयाँ रेकड बनाएको सुनको मूल्य त्यसलाई पनि पछि पार्दै नयाँ रेकर्ड कायम भएको हो। यसअघि प्रतितोला ७४ हजार ५ सय रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्यसभन्दा माथि अर्थात् तोलामै तीन दिनमा २ हजारले बढेर ७५ हजार ५ सय पुगेको छ।

अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ,’ उनले भने, ‘सुनको मूल्य अझै बढने सम्भावना देखिएको छ।’

वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो। तर, अहिले पुनः उकालो लागेर आज प्रतितोला ७५ हजार ५ सयमा कारोबार आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो। त्यो रेकर्डलाई तोड्दै सुनको भाउ बढेको हो।

 
 
  
 

You may also like