प्रदेश ५ सरकारले साग विजेतालाई सम्मानित गर्ने

by समतल अनलाइन

बुटवल। प्रदेश ५ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश नम्बर पाँचबाट सहभागिता जनाएका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मानित गर्ने निर्णय गरेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी गराए ।

सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार नगदसहित सम्मान गरिनेछ ।

यस्तै, एक्लै रजत जित्नेलाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एक्लै कांस्य जित्नेलाई ६० हजार र समूहमा कांस्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको मन्त्री गिरीले बताए ।

 
 
  
 

You may also like