मालिका गाउँपालिका वडा न ८ मभुङ्गमा सार्वजनिक सुनुवाइ सम्पन्न

by समतल अनलाइन

मनोज कार्की
गुल्मी । सेवा प्रवाहमा पारदर्शिता बिस्वस्नियता र कर्तव्यनिष्ठता सार्बजनिक सुनुवाइ मार्फत सेवाग्राहीमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ मङ्गबार मालिका गाउँपालिका वडा न ८ मर्भुङ्ग सिमलटारिमा सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए नभएको सन्देश नागरिक समक्ष ल्याउनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा वडामा भएका विकास निर्माणको अवस्था, लक्षित वर्गको वजेट, जनप्रतिनिधिबाट नागरिकले लिएका अपेक्षा ,जनप्रतिनिधिबाट भएको राजनितिक हस्तक्षेप, कामबिनाको भुक्तानी ,वडाले संचालन गरेका योजना , बिषयबस्तुमा नागरिकले प्रश्नहरु उठाएका थिए ।

मालिका गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष टीका जिसिले नागरिकका समस्याहरुको सम्बोधन गर्दै वडाले सन्चालन गरेका योजना अनुरुप काम गर्न सफल भएको र त्यस्तो किसिमको वडाबाट कुनै पनि योजनामा रकम दुरुपयोग नभएको बताए ।

गाउँपालिका भएका समस्याहरुलाई समाधान गर्न आफू र कर्मचारी निरन्तर लागेको र यदि कसैले गाउँपालिकाको बारेमा नकारात्मक सुचना दिएकै आधारमा नबोली प्रमाण लिएर आएमा त्यस्ता गल्ती जनप्रतिनिधि र कर्मचारी बाट भएको भए कार्वाही गर्ने मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

गाउँपालिकामा रहेका महिलाहरुको पक्षमा रहेर निरन्तर काम गर्दै आएको र आगमि दिनमा महिलाहरुकै आबश्यकता बुझेर गाउँपालिकाले कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन ।

प्रशासनको क्षेत्रमा देखिएका समस्या तत्कालै समधान गर्ने नागरिकले योजना भएको अनियमितता बारे सबै योजनाको अनुगम गरि त्यस्तो भएको पाइएमा पैसा असुल गर्ने मालिका गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपक भण्डारीले बताए ।
मालिका गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा ८ वटै वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य , नागरिक , समाजसेवी , विभिन्न राजनैतिक दलका प्रतिनिधि , बुद्धिजीवी , पत्रकार , सुरक्षाकर्मीको उपस्थिति रहेको कार्यक्रमको पत्रकार गगा खड्काले सहजीकरणमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like