188
बुटवल। दुई हजार रुपैंया घुस लिदालिदैं भैरहवाबाट दुई जना नासुहरु पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालयले रुपन्देही जिल्ला अदालतका दुई नासुहरु विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
मुद्दाको धरौटी रकम फिर्ता गराउन सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस लिदंै गर्दा भैरहवाकै एक खाजा घरबाट रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए । पक्राउ परेका कर्मचारीयलाई नियन्तरणमा लिई अनुसन्धान अगाडी बढाईएको प्रवक्ता भुषालले बताए ।