स्कलर्स होम हाजिरीजवाफको उपाधि होराइजलाई

by समतल अनलाइन

बुटवल। स्कलर्स होम बोडिङ माध्यमिक विद्यालयको आठौँ रनिङ शिल्डको उपाधि न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलले हात पारेको छ । जिल्ला भरीका ५३ वटा विद्यालयहरुलाई पछि पार्दै गत वर्षको विजेता समेत रहेको होराइजनले दास्रो पटक उपाधी उचालेको हो । देवदह मोदर टंग मध्यमिकन विद्यालय देवदहले दोस्रो स्थान हासिल गरेको छ भने सैनामैनाको सिद्धार्थ मेमोरियल तृतीय भएको छ ।

विगत आठ बर्षदेखि विद्यालयले नियमित रुपमा संचालन गर्दै आएको रनिङ सिल्ड क्वीजले विद्यार्थीहरुको अतिरिक्त क्षमता अभिवृद्धिका लागि सहयोगी होस् भन्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । विद्यालयको २८ औँ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको क्वीच कार्यक्रम उद्घाटनमा बोल्दै बुटवल उपमहानगरपालिकाका उप–प्रमुख गुमादेवी आचार्यले विद्यार्थीहरुको ल्याकत र वौद्धिक क्षमता बृद्धिका लागि हाजिरजवाफ प्रतियोगित फलदायी हुने बताइन् । उनले अतिरिक्त क्रियकताप संस्थागत विद्यालयहरुले प्र¥यात मात्रामा गर्ने गरेको उल्लेख गर्दै सामुदायिक विद्यालयहरुले पनि त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिइन् ।

अभिभावक सघ केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिकाका सामाजिक शाखा अधिकृत भूवा प्रसाद लुइटेल, बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनाल, एन प्याव्सनका अध्यक्ष पुरुषोत्तम बस्याल, एनप्यव्सनका पूर्व अध्यक्षन देउप्रकाश राई लगायतले बोल्दै निजी क्षेत्रका विद्यालयहरुले राज्यको ठूलो भार थेगिरहेको भन्दै सरकारले निजी विद्यालयहरुलाई निरुत्साहित गर्न नहुने बताएका थिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालयका संयोजक वासुदेव शर्माले गरेका थिए ।

 
 
  
 

You may also like